रामचन्द्रविरुद्ध गोविन्दराज चुनाव लड्न पाउने कि नपाउने ? आज टुंगो लाग्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

काठमाडौं, १८ कार्तिक । आगामी मंसिर २१ गते हुने दोस्रो चरणको निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका सातजना विरुद्ध परेको दाबी विरोधमा निर्वाचन आयोगले आज छानविन गर्ने भएको छ।

गत १६ गते बिहीबार उम्मेदवारी दर्ता गराएकामध्ये सातजना विरुद्ध शुक्रबार परेको दाबी विरोधमा आज शनिबार छानविन गरी टुंग्याउने र आइतबार अन्तिम नामावली प्रकाशन गरेर चुनाव चिन्ह दिइने आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिएका छन्।

प्रतिनिधि सभातर्फ तनहुँ क्षेत्र नम्बर १ का उम्मेदवार तथा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नै क्षेत्रमा उम्मेदवारी दर्ता गरेका कांग्रेसकै नेता गोविन्दराज जोशीको मनोनयन रद्ध गर्न माग गर्दै उजुरी दर्ता गरेका छन्।

नेपाली कांग्रेसबाट बागी बनेका जोशी २०६९ साल साउन १० गते विशेष अदालतबाट भ्रष्टाचारी ठहर भएको र अदालतको फैसला कायमै रहेकाले जोशीले चुनाव लड्न नपाउने दाबी पौडेलले गरेका छन्। जोशीमाथि पौडेलले गरेको दाबी विरोध बारे आजै छानविन गरी निर्णय गरिने निर्वाचन आयोगले जनाएको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);