प्रधानमन्त्री कप महिला क्रिकेट : प्रदेश १ फाइनलमा, सुदूरपश्चिम बाहिरियो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

प्रधानमन्त्री कप महिला क्रिकेट : प्रदेश १ फाइनलमा, सुदूरपश्चिम बाहिरियो

धनगढी । धनगढीमा जारी प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगितामा प्रदेश १ ले फाइनलका लागि स्थान सुरक्षित पारेको छ ।  धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा शनिबार भएको सेमिफाइनल खेलमा घरेलु टोली सुदूरपश्चिमलाई ९ विकेट अन्तरले पराजित गर्दै प्रदेश १ ले फाइनलमा स्थान सुरक्षित बनाएको हो ।

टस जितेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिम प्रदेशले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ८५ रन मात्रै बनाएको थियो । सुदूरपश्चिमका लागि सुरुवाति ब्याट्सम्यानले टिकेर खेल्न सकेका थिएनन् । ७ रन जोड्दा महत्वपुर्ण ३ विकेट गुमाएको अवस्थामा सुदूरपश्चिमका लागि मध्यक्रमकी ब्याट्सम्यान सम्झना खड्का र रितु कनौजियाले पारीलाई उकास्ने प्रयास गरेका थिए । 

सुदूरपश्चिमका लागि सम्झना खड्काले २७ तथा कप्तान रितु कनौजियाले २५ रन बनाएका थिए । सुदूरपश्चिमका अन्य खेलाडीले खुलेर खेल्न नसक्दा  सस्तैमा समेटिन पुगेको हो । सुदूरपश्चिमलाई न्यून स्कोरमा रोक्ने क्रममा प्रदेश १ का लागि कप्तान रुविना क्षेत्री, अलिशा खाडिया, संगीता राई र ज्योति दनुवारले समान एक एक विकेट लिए । 

सुदूरपश्चिम प्रदेशले दिएको ८६ रनको लक्ष्य प्रदेश १ ले एक विकेट मात्रै गुमाएर भेटेको हो । प्रदेश १ ले १६ ओभरमा ५ बल खेल्दै लक्ष्य भेटाएको हो । प्रदेश १ का लागि सुरुवाति ब्याट्सम्यानले राम्रो गर्दै टिमलाई बलियो स्थितिमा पु¥याएका थिए । पहिलो विकेटका लागि सुरुवाति ब्याट्सम्यान कप्तान रुविना क्षेत्री र काजल श्रेष्ठले ५३ रनको साझेदारी गरेका थिए । कप्तान रुविना क्षेत्रीले अविजित पारी खेल्दै ३१ रन जोड्नि । तेश्रो नम्बरमा मैदान आएकी प्रदेश १ की खेलाडी अप्सरी बेगमले ९ रन बनाइन् ।  सुदुरपश्चिमका लागि कविता जोशीले एक विकेट लिएकी थिइन् । खेलमा प्रदेश १ की कप्तान रुविना क्षेत्री प्लेयर अफ द म्याच बनिन । 
 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);