विश्वकप छनोट : नेपाली राष्ट्रिय फुटबल टिमको घोषणा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

विश्वकप छनोट : नेपाली राष्ट्रिय फुटबल टिमको घोषणा

nepal football

काठमाडौं, १४ असोज । कतारमा हुने फिफा विश्वकप छनोट अन्तर्गत दोस्रो चरणमा अष्ट्रेलियासँगको खेलका लागि नेपाली राष्ट्रिय फुटबल टिमको घोषणा भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार अष्ट्रेलियासँग खेल्ने नेपाली टिमको घोषणा गरेको हो । मुख्य प्रशिक्षक योहान कालिनले कुवेतसँगको खेलमा रहेकै खेलाडीलाई टोलीमा राखेका छन् ।

छनोटको समूह ’बी’ मा रहेको नेपालले असोज २३ गते अष्ट्रेलियासँग उसैको मैदानमा खेल्नेछ । यस्तै नेपालले असोज २८ गते जोर्डनसँग खेल्नेछ । यस समूहमा २ खेलमा ३ अंक जोडेको नेपाल चौंथो स्थानमा रहेको छ ।

छनोटको पहिलो खेलमा नेपालले कुवेतसँग उसैको मैदानमा ७–० गोल अन्तरको हार व्यहोरेको थियो । तर, दोस्रो खेलमा चाईनिज ताइपेलाई २–० गोलले हराएको थियो ।

अष्ट्रेलिया १ खेलमा ३ अंक जोडेर दोस्रो स्थानमा छ । यस समूहमा २ खेलमा ३ अंक जोडेको कुवेत शीर्ष स्थानमा छ । ३ अंक जोडेको जोर्डन तेस्रो र अंकविहिन ताइपेइ पुछारमा रहेको छ ।

नेपाली टोलीमा किरण चेम्जोङ, विकेश कुथु, विशाल श्रेष्ठ गोलरक्षकमा छनोट भएका छन् भने अग्रपंक्तिमा विमल घर्तिमगर, अभिषेक रिजाल, नवयुग श्रेष्ठ रहेका छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);