पोखरा, १० कात्तिक । इंग्ल्याण्ड र वेल्समा २०१९ मा हुने आइसीसी एकदिवसिय विश्वकपको ट्रफि टुर अन्तर्गत आज पोखरामा सार्वजनिक गरिएको छ । हिजो साझ काठमाडौको स्वंयम्भुमा राखिएको ट्रफि आज विहान पोखरा लगिएको हो ।
ट्रफिलाई पोखरा स्थित क्रिकेट मैदानमा युवा खेलाडी सन्दिप लामिछानेले सार्वजनिक गरेका हुन् । विश्वकप ट्रफि सार्वजनिक गर्ने पहिलो नेपाली खेलाडी बनेका सन्दिप, ट्रफि र माछापुच्छ्रेलाई पछाडी पारेर पत्रकारलाई अगाडी राखिएको हो । विश्वका २० देशका ६० शहरमा लगिने यो ट्रफि दुबईबाट नेपाल ल्याइएको हो ।




