पृतनापति ट्रफी २०७७ को उपाधी गोरख गण सिन्धुलीलाई | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

पृतनापति ट्रफी २०७७ को उपाधी गोरख गण सिन्धुलीलाई

सिरहा, २८ मंसिर । ‘पृतनापति ट्रफी २०७७’ को उपाधी गोरख गण सिन्धुलीले कब्जा गरेको छ । आयोजक शेरगण चोहर्वा सिरहालाई १–० गोलले पराजित गर्दै फुटबल तर्फको उपाधी गोरख गणले कब्जा गरेको हो ।

नेपाली सेनाका ३ वटा वाहिनीको १० वटा गणबाट सहभागी फुटबल टोलीवीचको प्रतिस्पर्धाबाट शेरगण र गोरख गण फाईनल यात्रा तय गरेका थिए । प्रतियोगिता मंसिर २४ देखि सरु भएको शेर गण चोहर्वाका प्रमुख सेनानी जितेन्द्र गौलीले बताउनु भयो ।

पृतनापति ट्रफिमा आयोजित फुटबल, भलिवल, एथलेटिक्स र बास्केटबल मध्ये पृतनापति ट्रफि अन्तरगत भएका भलिवल, एथलेटिक्स, बास्केटवल खेलमा नम्बर ९ वाहिनी अड्डा सिन्धुलीले प्रथम स्थान प्राप्त गरेसँगै च्याम्पियनको ट्रफी पनि कब्जा गरेको हो ।

प्रतियोगिताका च्याम्पियन भएका टोलीलालाई मध्य पुर्वी पृृतनाका प्रमुख उपरथी सुरेश कुमार कार्कीले ट्रफि प्रदान गर्नु भएको थियो । यस्तै खेलमा सहभागी खेलाडीलाई सिरहका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेंलले मेडल र प्रमाणपत्र प्रदान गर्नु भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);