इंग्ल्यान्डलाई हराउँदै फ्रान्स सेमिफाइनलमा | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

इंग्ल्यान्डलाई हराउँदै फ्रान्स सेमिफाइनलमा

काठमाडौं । इङ्ल्यान्डला २–१ अन्तरले पराजित गर्दै साविक विजेता फ्रान्स कतार फिफा विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । दोहास्थित अल बायत रंगशालामा कप्तान ह्यारी केनले अन्तिम समयमा पाएको पेनाल्टीलाई गोलमा परिणत गर्न नसक्दा इंग्ल्यान्डको यात्रा क्वार्टरफाइनलमै सिमित बन्यो ।

औरेलियन टिचुआमेनीकै गोलले १८औं मिनेटमा गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए । ५४औं मिनेटमा ह्यारी केनले प्राप्त पेनाल्टीलाई सदुपयोग गर्दै खेल १–१ को बराबरीमा ल्याए । केनले पूर्व कप्तान वायन रुनीसँग ५३ गोलको बराबरी गरेका हुन् ।

ओलिभर जिरौडले समय सकिन १२ मिनेट बाँकी रहँदा कीर्तिमानी गोल गरेपछि फ्रान्स २–१ को अग्रता बनायो । केनले ८४औं मिनेटमा गरेको पेनाल्टी प्रहार पोष्टभन्दा निक्कै माथिबाट बाहिरिएपछि इंग्ल्यान्ड खेलमा फर्कन सकेन । अब, फ्रान्सले फाइनल प्रवेशका लागि मोरक्कोसँग भेट गर्नेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);