मोटरसाइकल र ट्रक ठोक्किँदा बाबुछोराको मृत्यु, श्रीमती घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख २३ २०८१, आइतबार

मोटरसाइकल र ट्रक ठोक्किँदा बाबुछोराको मृत्यु, श्रीमती घाइते

accident

काभ्रे, ९ चैत । मोटरसाइकल र ट्रक आपसमा ठोक्किँदा काभ्रेमा बाबुछोराको ज्यान गएको छ । दुर्घटनामा उदयपुरको रौतमाई गाउँपालिका वडा नम्बर ४ का ३५ वर्षीय मीनबहादुर श्रेष्ठ र उहाँको पाँच वर्षीय छोरा सुविनको ज्यान गएको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख, प्रहरी निरीक्षक (इन्स्पेक्टर) योगेन्द्र तिमल्सिनाले जानकारी दिनुभयो ।

दुर्घटनामा घाइते हुनुभएकी मीनबहादुरकी श्रीमती सुनिताको शिर मेमोरियल अस्पताल बनेपामा उपचार भइरहेको छ । आइतबार बिहान काभ्रेको बनेपा नगरपालिका वडा नम्बर १३ मा बा ५७ प ८२८ नम्बरको मोटरसाइकल र बा ५ ख २३९० नम्बरको ट्रक आपसमा ठोक्किएको थियो ।

ट्रक चालक रामेछापको खाँडादेवी गाउँपालिका ७ का ३३ वर्षीय लक्ष्मीनारायण श्रेष्ठ र ट्रकधनी ललितपुर हात्तीवनका गङ्गा तिमल्सिनालाई इलाका प्रहरी कार्यालयमा राखिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);