काठमाडौंबाट सिमरा उडेको बुद्धको जहाज अवतरण नगरेरै फिर्ता | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८०, सोमबार

काठमाडौंबाट सिमरा उडेको बुद्धको जहाज अवतरण नगरेरै फिर्ता

काठमाडौं। काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरेरै फिर्ता भएको छ । अपरान्ह ४ बजे सिमरा उडेको बुद्धको एटीआर जहाज सिमरामा अवतरण नगरेर काठमाडौं फिर्ता भएको हो। पाइलटले ‘इन्डिकेटर’मा समस्या रहेको देखेपछि सिमरामा अवतरण नगरी जहाज काठमाडौं फिर्ता ल्याउने निर्णय गरेको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ । काठमाडौंमा भने इमर्जेन्सी घोषणा नगरेर सामान्य अवस्थामै जहाज अवतरण गरिएको थियो।

बुद्धको बीएचए ५५५ उडान नम्बर रहेको जहाज काठमाडौं अवतरण भएसँगै अर्को जहाजबाट यात्रुलाई सिमरा पठाउने तयारी भइरहेको विमानस्थलले जनाएको छ । जहाजमा ७० यात्रु सवार थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);