सौन्दर्यकरणका लागि बेलहियाका सडकमा रहेका संरचना हटाइने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

सौन्दर्यकरणका लागि बेलहियाका सडकमा रहेका संरचना हटाइने

भैरहवा। मुलुकमा पैदलमार्ग हुँदै सबैभन्दा बढी पर्यटक भित्रिने बेलहिया नाका क्षेत्रको सौन्दर्यकरणका लागि कार्य अघि बढाइएको छ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-१ बेलहिया बजार क्षेत्रको सौन्दर्यकरणका लागि नगरपालिकाद्वारा सडक अतिक्रमण गरी राखिएका ट्यांकी, ठेला गाडा, टहरा लगायत सातदिन भित्र हटाउन सूचना प्रकाशित गरिएको छ।

सूचनामा भनिएको छ, ‘बेलहिया बजारलाई सफा बनाउन सडक अधिकार भित्र हाल रहेका सम्पूर्ण ट्यांकी, टहरा, ठेला गाडा लगायतलाई सूचना प्रकाशित भएको सात दिनभित्र हटाउन हुन र अन्यथा नियमानुसार हुने व्यहोरा अनुरोध छ ।’ बेलहिया लगायत नगर क्षेत्रको सौन्दर्यकरणका लागि विभिन्न याेजनाहरूको निर्माण र संचालन भइरहेको सिद्धार्थनगर नगरपालिकाका प्रमुख ईस्तियाक अहमद खानले बताए ।’बेलहियाबाट लाखौँ पर्यटक भित्रिन्छन् । तर, स्थान पर्यटकमैत्री छैन . जसले गर्दा पर्यटकहरूमा नकारात्मक सन्देश गइरहेको छ,’ नगर प्रमुख खानले भने, ‘नगरलाई स्वच्छ, सफा र हरियाली बनाउने कार्य अन्तर्गतप्रकिया अघि बढाइएको हो ।’ सडक क्षेत्रको अतिक्रमण हटाएर विकासका योेजनाहरू सञ्चालन गरिने उनको भनाइ छ । बेलहियास्थित हाल बस स्टेशन रहेको स्थानमा ६ तले अन्डरग्राउन्ड पार्किङसहितको व्यावसायिक भवन बनाउने नगरपालिकाको योजना छ । जसमा अन्डरग्राउन्ड पार्किङमा सार्वजनिक बस, ट्याक्सीहरू पार्क हुनेछन् भने अन्य तलाहरूमा कृषि, रेष्टुरेन्ट लगायत संचालन हुनेछन् ।

सौन्दर्यकरणका लागि बेलहियामा सरसफाइसमेत थालिएको नगरपालिकाले जनाएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);