बेलहियाको पहिचान जोगाउँदै स्थानीय | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

बेलहियाको पहिचान जोगाउँदै स्थानीय

behaliya

बिमल पुरी
रुपन्देही, २ साउन
। रुपन्देहीको सिद्धार्थनगर नगरपालिका बेलहियाका स्थानीय बेलहियाको पहिचान जोगाउन जुटेका छन् । सार्वजनिक यातायातमामा लेखिएको सुनौलीलाई हटाएर बेलहिया लेखाउन लागि परेका छन् ।

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका बेलहियाका स्थानीय बेलहियाको पहिचान ओझेलमा परेको भन्दै जोगाउन जुटेका छन् । सुनौली नेपाली भुमिमा नभई भारतीय भुमिमा पर्ने भएकाले बेलहियालाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिएका छन् ।

अभियन्ताहरुले सार्वजनिक यातायातमा सुनौली लेखिएको स्टिकर हटाएर बेलहिया लेखाउने अभियान चलाएका छन् । स्थानीयको अभियानलाई स्थानीय सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

पहिलो चरणमा सवारीसाधनमा लेखिएको सुनौली शब्द हटाई बेलहिया लेख्ने र त्यसपछि सडकबोर्डमा लखिएको सुनौलीलाई हटाएर बेलहिया लेखिने अभियन्ताले बताएका छन् । यातायात व्यवसायीले सुनौली लेखिएको हटाएर बेलहिया लेख्न समेत सुरु गरेका छन् ।

behaliya1

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);