डडेल्धुराका युवाहरु साना उद्योगतर्फ आकर्षित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

डडेल्धुराका युवाहरु साना उद्योगतर्फ आकर्षित

sana udhyog dadeldhura

बिमल जैरु

डडेल्धुरा, १७ बैशाख । केही समय यतादेखि सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला डडेल्धुराका युवाहरु साना उद्योगतर्फ आकर्षित हुन थालेका छन् । नेपाल सरकारको साना तथा मझौला आय स्तर वृद्धि आयोजनाले आर्थिक सहयोग दिन थालेपछि त्यहाँका युवाहरु साना उद्योगतर्फ आकर्षित हुन थालेका हुन् ।

नेपाल सरकारको साना तथा मझौला आय स्तर वृद्धि आयोजनाले उद्योग सञ्चालनका लागि आर्थिक सहयोग दिन थालेपछि डडेल्धुराका युवाहरु साना उद्योगतर्फ आकर्षित हुन थालेका छन् । कुल लागतको कम्तीमा ६५ प्रतिशत रकम अनुदान दिने गरेपछि उद्योग संचालनका लागि युवाहरु आकर्षित भएका हुन् । नेपाल सरकारको विभिन्न आयोजनावाट आर्थिक सहयोग पाउन थालेपछि डडेल्धुरामा साना तथा मझौला कृषि उद्योग स्थापना हुन थालेका छन् ।

सस उत्पादन, मसला उद्योग, मह उत्पादन उद्योग, मौरी घार उद्योग, चिस्यान केन्द्र लगायतका उद्योगहरु संचालनमा युवाहरुको बढी सक्रियता रहेको छ । थोरै पुँजीमा उद्योग संचालनका साथै राम्रो आम्दानी गर्न सकिने भएपछि युवाहरु साना उद्योग संचालनतर्फ लागेका हुन् ।

साना उद्योग स्थापनासंगै आय स्तरमा वृद्धि हुनुका साथै केही व्यक्तिहरुलाई रोजगारी समेत दिएका छन् । आर्थिक वर्ष २०७३÷०७४ मा दुई सय ४५ साना उद्योग दर्ता भएका थिए भने आर्थिक वर्ष २०७४÷०७५ मा १६ सय ६५ साना उद्योग दर्ता भएका छन् । गत आर्थिक वर्षमा दर्ता भएका साना उद्योगमा उत्पादनतर्फ २०, कृषि मुलकतर्फ एक सय ३१, पर्यटन २७, र सेवा मुलक एक सय २० दर्ता भएका छन् । घरेलु तथा साना उद्योग विकास समिति शाखा कार्यालय डडेल्धुराका वरिष्ठ उद्योगी अधिकृत मिनराज ओझाले पछिल्लो समय युवाहरु कृषिमा आधारित उद्योगहरुमा बढी आकर्षित भएको जानकारी दिए ।

यसरी नेपाल सरकारको साना तथा मझौला आय स्तर वृद्धिका ल्याइएको आयोजनाले डडेल्धुराका युवाहरुलाई स्वदेश मै काम गर्न प्रेरित गरेको छ । देशको युवा जनशक्तिले देशमै आफ्नो श्रम तथा सीपको उपयोग गरे यसले देशको समृद्धिलाई अझ मजबुत बनाउने निश्चित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);