चालु आर्थिक वर्षमा ५.५९ प्रतिशत आर्थिक वृद्धि हुने सरकारको प्रक्षेपण | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

चालु आर्थिक वर्षमा ५.५९ प्रतिशत आर्थिक वृद्धि हुने सरकारको प्रक्षेपण

yubraj

काठमाडौं, १३ जेठ । सरकारले चालु आर्थिक वर्षमा ५ दशमलव ५९ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ । चालु आर्थिक बर्षको पहिलो ८ महिनाको समग्र आर्थिक स्थितिको मूल्याङकनसहितको आर्थिक सर्वेक्षण आइतबारको प्रतिनिधिसभा बैठकमा पेश गर्दै अर्थमन्त्री डाक्टर युवराज खतिवडाले आर्थिक बृद्धि ५ दशमलव ५९ प्रतिशत रहने अनुमान रहेको बताएका हुन् ।

बजेटमार्फत सरकारले ७ दशमलव २ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखेकामा अन्तिम संशोधन प्रक्षेपण ५ दशमलव ५९ मा पु¥याएको हो । अर्थमन्त्री खतिवडाले प्रतिव्यक्ति आय १ हजार ४ डलर पुग्ने अनुमान रहेको बताए । आर्थिक सर्वेक्षणले मुलुकमा अहिले पनि ८० लाखभन्दा बढि जनता गरिवीको रेखामुनि रहेको पनि औंल्याएको छ ।

आर्थिक सर्वेक्षणमा राजश्वको वृद्धि सन्तोषजनक रहेको, देशका सबै ठाउँमा बैंक तथा वित्तिय संस्थाहरुको पहुँच पु¥याउने काम भएको पनि उल्लेख छ । अर्थमन्त्री खतिवडाले मूल्य वृद्धिमा चाप पर्न थालेको बताउँदै सरकारी खर्च बढ्न गई बजेट घाटा बढ्न थालेको बताए ।

अर्थमन्त्री खतिवडाले पेश गरेको आर्थिक सर्वेक्षणमा सेयर बजार स्थिरताउन्मुख रहेको दाबीसमेत गरिएको छ । सरकारले आगामी जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट ल्याउँदैछ । त्यस अघि सरकारले चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षण संसदमा पेश गर्ने परम्परा रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);