सरकारको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट बहुमतले पारित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

सरकारको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट बहुमतले पारित

samsadh parlyament

काठमाडौं, १३ जेठ । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ । आइतबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिएपछि संसदको बहुमतबाट सरकारको आर्थिक वर्ष २०७५-०७६ को नीति तथा कार्यक्रम पारित भएको हो ।

सरकारको नीति तथा कार्यक्रममा ६ वटा संशोधन प्रस्ताव दर्ता गरिएको थियो । त्यसमध्ये कांग्रेस नेता डाक्टर मिनेन्द्र रिजाल र राष्ट्रिय जनता पार्टी नेपालका अनिलकुमार झाले भने संशोधन प्रस्ताव फिर्ता लिन मानेनन् ।

प्रधानमन्त्रीको जावाफ पछि संघीय समाजवादी फोरम नेपालका सांसदहरुले भने संशोधन प्रस्ताव फिर्ता लिए । गत जेठ ७ गते संघीय संसदमा राष्ट्रपति विद्या भण्डारीले सरकारको नीति तथा कार्यक्रम पेश गरेकी थिइन्।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);