आज हङकङको सामना गर्दै नेपाल | ईमाउण्टेन समाचार

Our Network

जेठ ४ २०८१, शुक्रबार

आज हङकङको सामना गर्दै नेपाल

काठमाडौं, ५ भदौ । मलेसियामा मंगलवार (आज) बाट शुरु हुने चार देश सम्मिलित महिला टि–ट्वान्टी आई सिरिजमा नेपालले हङकङको सामना गर्दैछ ।

खेल नेपाली समयअनुसार दिउँसो पौने १२ बजेबाट मलेसियाको बायोमास ओभलमा शुरु हुनेछ । आइसीसी महिला टी–ट्वान्टी विश्वकप एशिया क्षेत्र छनोट अघि नेपाल, मलेसिया, हङकङ र कुवेतले चार देश सम्मिलित सिरिज खेल्न लागेका हुन् ।

नेपालले २३ अगष्टमा कुवेत र २५ अगष्टमा मलेसियासँग खेल्नेछ । नेपाल शीर्ष दुईमा रहन सके फाइनल २६ अगष्टमा खेल्नेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);