ब‌गलादेशमा राष्ट्रिय गौरवको पद्मा पुलः एडीबीले हात झिक्यो, सरकारले सम्पन्न गरेरै छाड्यो | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

ब‌गलादेशमा राष्ट्रिय गौरवको पद्मा पुलः एडीबीले हात झिक्यो, सरकारले सम्पन्न गरेरै छाड्यो

एजेन्सी । बंगलादेशले आफ्नो इतिहासकै ठूलो पूर्वाधार परियोजनाको अनावरण छ । लामो समयदेखि प्रतिक्षित पद्मा ब्रिज अनावरण गरिएको हो । ६ दशमलब १५ किलोमिटर लमो उक्त पुलको प्रधानमन्त्री शेख हसिना वाजिदले शनिबार उद्धघाटन गरिन् । पुलले राजधानी ढाकलाई देशको दक्षिणी क्षेत्रका जिल्लाहरुसँग जोड्छ । पुल निर्माण गर्न ३ दशमलब ६ अर्ब लागत लागेको थियो । पूर्णरूपमा स्वदेशी लगानीमा पुल निर्माण भएको हो । पुल आईतबारदेखि सर्वसाधारणका लागि खुला गरिएको छ ।

बंगलादेशको अहिलेसम्मको सबैभन्दा लामो यस पुललाई ‘राष्ट्रिय गौरवको प्रतीक’ भनिएको छ । सन् २०१५ मा पुल निर्माण सुरु गरिएको थियो । पुल निर्माण सम्पन्न हुने बारेमा धेरैले चासो र आशंका गरेका थिए । पुल निर्माणका लागि सुरुमा विश्व वैंकेले १ दशमलब २ अर्ब बिलियन ऋण सम्झौता गरेको थियो ।
चार लेनको यो पुलमा गाडी र रेल दुबै गुड्न मिल्छ ।

तर, भ्रष्टाचारको आरोप लगाउँदै सन् २०१२ मा विश्व बैंकले परियोजनाबाट हात झिकेको थियो । त्यसको तीन वर्षपछि सरकारले आफ्नै लगानीमा पुल निर्माण सुरु गरेको थियो । परियोजना सम्पन्न गर्न सरकारले आफै लगानी गर्ने प्रधानमन्त्रीले घोषणा गरेकी थिइन् ।

‘यो पद्मा पुल इँटा र सिमेन्टको थुप्रो होइन, बंगलादेशको गौरव, सम्मान र क्षमताको प्रतीक हो,’ पद्मा पुल देशको गौरव बताउँदै उनले भनिन् , ‘हामीले सक्छौं भनेर संसारलाई देखाएका छौं ।’

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);