Our Network

असोज ६ २०७८, बुधवार

कालीगण्डकी पुलको निर्माण कार्य अन्तिम चरणमा

काठमाडौं, २५ पुस । कालीगण्डकी नदीमा पक्कि पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

पाल्पाको रामपुर नगरपालिका र स्याङ्जाको चापाकोट नगरपालिकाको पुलको निर्माण गरिरहेको छ । प्रदेश नम्बर ४ र ५ लाई जोड्ने एक सय ७४ मिटर लम्बाइ र साढे सात मिटर चौडा उक्त पुल १३ करोड ४० लाखको लागतमा निर्माण हुन थालेको हो । पुल निर्माण कार्य यसै आर्थिक वर्षमा पुरा गर्नेगरि ठेक्का सम्झौता भएको सडक कार्यालय पाल्पाका सुचना अधिकारी पवित्रमणि आचार्यले जानकारी दिए ।

पुल निर्माण पछि पाल्पा, स्याङ्जा र तनहुँ जिल्लाका स्थानीयवासी लाभान्वित हुनेछन् । पूर्वी पाल्पाका स्थानीयवासीलाई काठमाडौँ, पोखरा, आवत जावत गर्न र स्थानीय उत्पादित सामग्रीहरु बजार पु¥याउन पुलले सहयोग गर्ने विश्वास लिइएको छ ।