हस्तान्तरण हुन अघि नै भाँसिन थाल्यो चितवनको राप्ती नगरपालिकामा बनेको पुलको एप्रोच रोड | ईमाउण्टेन समाचार

Our Network

चैत २३ २०८०, शुक्रबार

हस्तान्तरण हुन अघि नै भाँसिन थाल्यो चितवनको राप्ती नगरपालिकामा बनेको पुलको एप्रोच रोड

दिलिप शर्मा,

चितवन । चितवनको राप्ती नगरपालिका वडा नम्बर ४ र ५ को सिमानामा पर्ने भवानीपुर सडकमा रहेको पुलको एप्रोच रोड भाँसिएको छ । पुलको अगाडि पछाडीको एप्रोच रोड पूर्ण रुपमा भाँसिएको हो । बागमती प्रदेश, भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको यो आयोजना २ करोड ६८ लाख ७१ हजार लागतमा निर्माण गरिएको थियो । निर्माण कम्पनीले पुल हस्तान्तरण गर्न अगाडि नै पुलको एप्रोच भाँसिएको हो ।

निर्माणसम्पन्न भएको छोटो समयमा नै पुलको एप्रोच भाँसिन थालेपछि स्थानीय आक्रोसित भएका छन् । पुल निर्माणमा कमसल सामाग्री प्रयोग भएको हो वा के अनियमितता भएको हो त्यसको छानविन र अनुगमनका लागि स्थानीयहरुले पटकपटक स्थानीय निकाय तथा प्रदेश सरकारलाई झक्झक्याएको स्थानीयको भनाई छ । तर कतैबाट पनि पहल नभएको उनीहरुको गुनासो छ ।

२० मिटर लम्बाई ११ मिटर चौडाइ रहेको पुलकोे एप्रोच रोड १ सय ५० मिटर कायम गरिएकोमा २० इञ्च एप्रोच स्ल्याब भाँसिएर चर्किएको छ ।

एम आर एण्ड गु्रप प्रा लि ले १८ महिनामा काम सक्ने गरि सम्झौता भएको भएप्नि सो आयोजनाको काम पुल निर्माण बाहेक प्रोटेक्सन वर्क–एप्रोच सडक निर्माण, एप्रोच सडक कालोपत्रे र ग्याबिन लगाउने काम अझै बाँकी रहेको छ । झन्डै १२ फिटसम्म पुरेर बनाइएको एप्रोच रोड राम्रोसंग माटो नाखनिँदा भाँसिएको छ । राप्ती नगरपालिका–४ का वडाध्यक्ष शमशेर लामाले पुल निर्माणका बेला भएका प्राविधिक त्रुटिहरुका कारण पुलको अवस्था यस्तो भएको बताएका छन् ।

२२ चैत्र २०७५ मा सम्झौता भई १८ कार्तिक २०७७ मा निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको सो पुल हस्तान्तरण भएको छैन । छोटो समयमा निर्माण सम्पन्न गर्ने लक्ष्यको साथ एप्रोच सडकमा ग्राभेल फिलिंग गरि त्यसैमाथि तुरुन्तै पिच बनाउँदा ग्राबेल भाँसिएको पूर्वाधार विकास कार्यालय चितवनका साइट इन्जिनियर नविन अधिकारीको भनाई छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);