पाल्पामा जिल्ला स्तरीय नौमती बाजा प्रतियोगिता | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

पाल्पामा जिल्ला स्तरीय नौमती बाजा प्रतियोगिता

तानसेन, ६ भदौ । लोकबाजा कला संस्कृतिको संरक्षणका लागि तानसेन नगरपालिकाले पहिलो पटक जिल्ला स्तरीय नौमती बाजा बजाउने प्रतियोगिता गरेको छ ।

तानसेनको टुडिखेलमा आयोजना गरिएको नौमती बाजा प्रतियोगितामा सहनाई, ढोलक, दमाहा टेम्को, मादल, झ्याली, धंकुरी, कर्नाल, नर्सिंङा जस्ता ९ बाजा एकसाथ बजाँउदा टुडिखेलको माहोल नै लोकवाजामय भएको थियो ।

नौमतीबाजाको धुन सुन्न गाउँ गाउँबाट युवा युवती, बृद्ध बुद्धाहरुको उल्लेखनिय सहभागिता रहेको थियो । जिल्ला स्तरमा गरिएको नौमती बाजा आगामी प्रदेश स्तरीय प्रतियोगिता बनाउने तानसेन नगरपालिकाका प्रमुख अशोक कुमार शाहीले बताउनु भयो ।

प्रतियोगितामा १० वटा समुहको सहभागिता थियो । विजयी समुहले नगद ५० हजार पुरस्कारका साथ भगवती जात्रा पाल्पा विजयउत्सवमा बजाउने अवशर पाउने छ । लोक संस्कतिको जर्गेना गर्न गरिएको कार्यक्रमले आउँदो पर्यटन बर्ष २०२० लाई टेवा पु-याउने विश्वास गरिएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);