गर्भवतीको मृत्यु भएपछि अस्पतालमा तनाव | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

गर्भवतीको मृत्यु भएपछि अस्पतालमा तनाव

hospital

वीरगन्ज, २० साउन । उपचारका क्रममा गर्भवतीको मृत्यु भएपछि आफन्तले प्रदर्शन गरेपछि वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पताल परिसर शनिबार दिनभर तनावग्रस्त बनेको छ।

उपचारमा संलग्न चिकित्सक र अहेबको लापरवाहीले नै गर्भवतीको मृत्यु भएको भन्दै आफन्तले शनिबार बिहानैदेखि अस्पताल परिसरमै टायर बालेर प्रर्दशन गरेका हुन्। आफन्तले अस्पताल अगाडिको सडक दुई घण्टा अवरुद्ध गरे।

पेट दुख्न थालेपछि बाराको परवानीपुर गाउँपालिका ५ नौतन बहुअरीका सत्येन्द्रप्रसाद गुप्ताकी पत्नी २४ वर्षीया रमिता देवीलाई उपचारका लागि शुक्रबार राति ८ बजे अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो।

अस्पतालमा ल्याउने बित्तिक्कै स्वास्थ्यकर्मीले रमितालाई एसी लक र बुस्कोपान सुई लगाएका थिए। शनिवार बिहान ४ बजे तिर फेरि उनको पेट दुख्न थालेपछि स्वास्थ्यकर्मीले बुस्कोपान र ट्रामाडोल सुई लगाएका थिए। सुई लगाए लगत्तै रमिताको मुखबाट र्याल र फिज आएको र त्यसको चार पाँच मिनेटमै मृत्यु भएको उनका पति सतेन्द्रले बताए।

‘डाक्टरले गलत सुई लगाएकै कारण मेरी पत्नीको मृत्यु भएको हो’, उनले भने, ‘रमिताको पेटमा दुई महिनाको गर्भ थियो।’

अस्पतालको आकस्मिक कक्षामा शुक्रबार राति डाक्टर कृष्ण अधिकारी तथा अहेब सुरेश गुप्ता र जयराम महत्तोको ड्युटी थियो। रमितालाई डाक्टर अधिकारीको सिफारिसमा उपचार भएको थियो।

रमिताको उपचारमा लापरबाही गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीलाई कारबाहीको माग गर्दै मृतकका आफन्तले प्रदर्शन गरेपछि अस्पताल परिसर दिनभर तनावग्रस्त बनेको हो।

मृतकका परिवारजन र आफन्तको प्रदर्शनपछि अस्पताल परिसरमै शनिबार साँझ बसेको सर्वपक्षीय बैठकले उक्त घटनाको छानबिन गर्न सात सदस्यीय समिति गठन भएको छ।
समितिमा अस्पताल प्रशासनका तर्फबाट डाक्टर सुरेन्द्र चौधरी, डाक्टर उदयनारायण सिंह र मेट्रोन माधवी चौधरी, राजनीतिक दलका तर्फबाट राजपाका सहमहामन्त्री समाजसेवी निजामुदीन समानी, परवानीपुर गाउँपालिकाका अध्यक्ष हरिनारायण साह, मृतक महिला पक्षका दिपक कानु र मानव अधिकारकर्मी कृष्णकुमार खनाल छन्।

घटनाको सत्य तथ्य छानबिन गरी समितिले दोषी स्वास्थ्यकर्मीलाई कारबाहीका लागि अस्पताल प्रशासनलाई सिफारिस गर्ने सहमति सर्वपक्षीय बैठकले निर्णय गरेपछि प्रदर्शन स्थगित गरे पनि मृतकका परिवारजन र आफन्तले शव बुझन मानेका छैनन्। उनको शव नारायणी उपक्षेत्रीय अस्पतालकै शव गृहमा राखिएको छ।

अस्पतालका निमित्त मेसु डाक्टर एनामुल हकले भने छानबिन समितिले वास्तविक तथ्य बाहिर ल्याउने र त्यही अनुसार कारबाही प्रक्रिया अघि बढ्ने बताए। आजको अन्नपुर्णपोष्टमा खवर छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);