पर्वकाे नाममा बारामा निषेधाज्ञाकाे उल्लघंन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

पर्वकाे नाममा बारामा निषेधाज्ञाकाे उल्लघंन

श्याम गुप्ता
बारा , १४ भदाै । पर्वकाे नाममा निषेधाज्ञाकाे अवज्ञा गर्दै बाराको सिम्रौनगढ नगरपालिका स्थित बजारमा आईतबार भव्यताका साथ मुस्लिम समुदायहरुले मुहर्म तजेया दाहा पर्व मनाएका छन् ।

जिल्लाकाे सिम्रौनगढ नगरपालिका अन्तरर्गतकाे गढ बजार , पर्सा टोला , कमलपुर , ईटवाल सानो , हरिहरपुर नैकाटोला लगायतकाे बिभिन्न गाउँबाट लिएर आएका तजेयाहरु सिम्रौनगढ बजारमा मिलान गरी सहभागीहरुले मिसिया खेलेका हुन् ।

यस अवसरमा महिलाहरु तजेयाको गीत गाएर मनाए , भने पुरुषहरु मिसिया खेल्दै शैरवाजी गर्दै बाला भाज्ने , लठ्ठी नचाउँने भाला , बर्छी फार्सा , तलवार नचाउँने र लाठी लगायतकाे बिभिन्न घरेलु हतियाले खेल्नुको साथै आ-अाफ्नाें कलाकाे प्रदर्शन गरेका छन् ।

यस तजेयामा सहभागीहरु र दर्षकहरुले तजेयामा बतासा , सिर्नी , मलिदा चढाएका छन् । यता प्रहरीले भिड-भाड नगरौं समाजिक दुरी कायम गराैं निषेधाज्ञाको पालना गरौं भन्दा समेत कसैले केही न सुने पछि ईलाका प्रहरी कार्यालय सिम्रानगढका प्रहरी जवानहरु फिर्त गएको थियो ।

यस्तै अाईतवार राती मुस्लिमहरु हसन , हुँसेनको सम्झनामा राती भोजन नगर्ने चलन रहेको छ । त्यै पनी यो चलन अहिले लोप भएको बुझिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);