संविधानको मर्ममाथि नै प्रश्न उठाउन थालेकाले सरकारद्वारा गठित संविधान संशोधन बहसपत्र तयारी कार्यदलबाट अलग हुन बाध्य भयौँः नेकपा | ईमाउण्टेन समाचार

Our Network

असार २४ २०८३, बिहीबार

संविधानको मर्ममाथि नै प्रश्न उठाउन थालेकाले सरकारद्वारा गठित संविधान संशोधन बहसपत्र तयारी कार्यदलबाट अलग हुन बाध्य भयौँः नेकपा

काठमाडौं ।

प्रतिपक्ष दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद प्रमेशकुमार हमालले संविधानको मर्ममाथि नै प्रश्न उठाउन थालेकाले सरकारद्वारा गठित संविधान संशोधन बहसपत्र तयार पारिएको कार्यदलबाट आफनो पार्टी अलग हुनु परेको स्पष्ट पार्नुभएको छ । बिहीवार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उहाँले उक्त स्पष्टिकरण दिनुभएको हो । सांसद हमालले लोकतन्त्र, गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता लगायतका आधारभुत कुराहरुमा प्रश्न उठाउने गरी आफ्नो पार्टीले संविधान संशोधनको बहसमा सहभागी हुनै नसक्ने अडान समेत राख्नु भयो ।

उहाँले संविधानको पूर्ण पालना गर्ने सपथसहित बनेको वर्तमान सरकारले संविधानको आधारमाथि नै हमला गर्ने काम गरिरहेको आरोप लगाउनु भयो ।सांसद हमालले संविधान संशोधन राष्ट्रिय सहमतीको आधारमा मात्रै अघि बढन सक्ने धारणा समेत राख्नुभयो ।

Leave a Reply