ट्वेन्टी–ट्वेन्टी क्रिकेट: भारत विजयी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

ट्वेन्टी–ट्वेन्टी क्रिकेट: भारत विजयी

Virat Kohli

एजेन्सी, २२ साउन । वेष्ट इन्डिजसँगको ट्वेन्टी–ट्वेन्टी क्रिकेट शृङ्खलाको अन्तिम खेलमा भारत विजयी भएको छ ।

भारतले वेष्ट इन्डिजमाथि सात विकेटको जित दर्ता गरेको हो । कप्तान विराट कोहलीले टस जितेर पहिले बलिङ्ग रोजे । निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा वेष्ट इन्डिजले १४६ रन बनायो । किरोन पोलार्डले एक चौका र ६ छक्काको सहयोगमा ५८ रन बनाए । भारतका दीपक चाहरले तीन आभरमा चार रन खर्चेर तीन विकेट लिए । उनी म्यान अफ दि म्याच घोषित भए । यो खेलमा दीपकका कजन ब्रदर राहुल चाहरले पनि मौका पाएका थिए । उनले तीन ओभरमा २७ रन खर्चेर एक विकेट लिए । १४७ रनको लक्ष्य पछ्याएको भारतको सुरुवात राम्रो रहेन । शिखर धवन तीन रनमा आउट भए । तर कप्तान कोहलीले ५९ तथा ऋषभ पन्तले नटआउट ६५ रन बनाएपछि भारतले पाँच बल बाँकी हुँदा खेल सात विकेटले जित्यो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);