नेपाल आर्मी क्लव दमक गोल्डकपको सेमिफाइनलमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

नेपाल आर्मी क्लव दमक गोल्डकपको सेमिफाइनलमा

झापा, २२ वैशाख । आयोजक दमक–११ लाई पराजित गर्दै नेपाल आर्मी क्लव दमक गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ । शनिबार भएको दोस्रो क्वाटरफाइनलमा आयोजक दमक–११ लाई ६–० ले पराजित गर्दै आर्मी सेमीफाइनलमा प्रवेश गरेको हो ।

आर्मीका लागि नवयुग श्रेष्ठले ४ गोल गरे । त्यस्तै आर्मीका भरत खवास र विमल पाण्डेले एक–एक गोल गरे । खेलको म्यान अफ द म्याच आर्मीका नवयुग श्रेष्ठ घोषित भए ।

यसअघि रुपन्देही–११ लाई पराजित गर्दै आयोजक दमक क्वाटर फाइनलमा प्रवेश गरेको थियो भने आर्मीले लक्की ड्रमा पार्दै सिधै क्वाटरफाइनलमा प्रबेश पाएको थियो । प्रतियोगिताको विजेताले नगद १३ लाख ११ हजार र उपविजेताले नगद ६ लाखसहित ट्रफि तथा प्रमाणपत्र पाउने छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);