एन्फाको अध्यक्षमा कर्माछिरिङ शेर्पा निर्वाचित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

एन्फाको अध्यक्षमा कर्माछिरिङ शेर्पा निर्वाचित

काठमाडौं, २२ वैशाख । नयाँ नेतृत्व चयनका लागि भएको अखिल नेपाल फुटबल संघको निर्वाचनको मतगणना सकिएको छ । मतपरिणाम अनुसार एन्फा अध्यक्षमा कर्मा छिरिङ शेर्पा निर्वाचित भएका छन् ।

शेपाले ६३ मत प्राप्त गरी निर्वाचित भए । उनका प्रतिद्वन्दी मणी कुँवरले १२ मत प्राप्त गरे । आज भएको निर्वाचनबाट एक अध्यक्ष, चार उपाध्यक्ष र ११ सदस्य चयन भएका छन् । उपाध्यक्षमा पनि चार जना नै शेर्पा समुहका निर्वाचित भए।

उपाध्यक्षका लागि नौजना प्रतिस्पर्धीमा रहेकोमा पंकज नेम्वाङ, वीरबहादुर खड्का, कृष्ण थापा र उपेन्द्रमान सिंह निर्वाचित भएका छन् । त्यस्तै सदस्यतर्फ पनि ११ जना नै शेर्पा समुहका निर्वाचित भएका छन् ।

सदस्यका लागि २९ जना प्रतिस्पर्धी रहेकोमा दावा लामा, निरोध खत्री, पूर्णमान चित्रकार, रवीन्द्रनाथ श्रेष्ठ, मधुसुदन उपाध्याय, प्रदेशसिंह राठौर, दिनेश व्यञ्जनकार, दिर्घ बहादुर केसी, किरण राई, विजय घले र रत्नकुमार श्रेष्ठ निर्वाचित भए ।

निर्वाचनमा जिल्ला खेलकुद संघ, क्लब तथा समितिका गरी ७७ जना मतदाता रहेकोमा ७६ जनाले मात्र मतदान गरेका थिए । कञ्चनपुर फुटबल संघका अध्यक्ष तथा उपाध्यक्षका उमेदवार गणेश चन्दले भने मतदान गरेका थिएनन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);