नेपाल पुलिस क्लब र सशस्त्र प्रहरीको विजयी सुरुवात | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

नेपाल पुलिस क्लब र सशस्त्र प्रहरीको विजयी सुरुवात

काठमाडौं, २१ वैशाख । आजबाट काठमाडौँमा सुरु चौथो केएनपी महिला भलिबल प्रतियोगिताको उद्घाटन खेलमा नेपाल पुलिस क्लब र शसस्त्र प्रहरीले बिजयी सुरुवात गरेका छन् ।

त्रिपुरेश्वरस्थित रंगशालाको कबड हलमा चौथो केएनपी महिला भलिबल प्रतियोगिताको पहिलो खेलमा शिवम् न्यु डायमण्डलाई पुलिसले ४–१ सेटले जितेको हो । पहिलो सेट पुलिसले २५–१२ को सेटले जित हात पार्यो ।

दोस्रो सेटमा आक्रामक प्रस्तुत भएर २५–१६को जित हात पारेको शिवम् न्यु डायमण्ड पछिल्लो दुवै सेटमा पुलिससँग २६–२४ र २५–१९ को सेटमा पराजित भयो ।

आजै भएको दोस्रो खेलमा साविक बिजेता शसस्त्र प्रहरीको एपिएफले जावलाखेल ट्रेनिङ सेन्टरलाई ३–० को सोझो सेटमा हराउँदै विजयी सुरुवात गर्यो । पहिलो सेटमा २५–३, दोस्रो सेटमा २५–६ र तेस्रो सेटमा २५–७ अंकले जित हात पारको थियो ।

भोलि विहान ११ बजे सशस्त्र प्रहरी बल र पश्चिमाञ्चलबीच पहिलो खेल हुनेछ भने दोस्रो खेल आर्मी र नेपाल पुलिस क्लबबीच दिउँसो साँढे १ बजे हुनेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);