फिफा क्लब विश्वकपको उपाधि लिभरपुलले उचाल्यो | ईमाउण्टेन समाचार

Our Network

जेठ ६ २०८१, आइतबार

फिफा क्लब विश्वकपको उपाधि लिभरपुलले उचाल्यो

liverpool

एजेन्सी, पुस ६ । फिफा क्लब विश्वकपको उपाधि लिभरपुलले उचालेको छ । कतारको दोहामा शनिबार राति भएको फाइनलमा मेक्सिकन क्लव फेरमिंगोलाई १–० गोल अन्तरले हराउँदै लिभरपुलले पहिलो पटक क्लव विश्वकपको उपाधि जित्न सफल भएको हो । लिभरपुलको जितमा रोबेर्टो फेरमिन्होले गरेको एकमात्र गोल निर्णायक बन्यो ।

युरोपियन च्याम्पियन लिभरपुलले निर्धारीत ९० मिनेट गोलरहित बराबरी गरेको थियो । निर्धारीत समयमा गोलरहित बराबरी भएपछि खेल अतिरीक्त समयमा धकेलियो थियो । जसमा लिभरपुलले ९९ औं मिनेटमा अग्रता लियो । फिफा क्लव विश्वकपको इतिहासमा अतिरीक्त समयमा गएको यो चाैथाे फाइनल हो ।

यसअघि सन् २०००, २००९ र २०१६ मा भएको फाइनल पनि अतिरीक्त समयमा गएको थियो । यो उपाधिसँग लिभरपुलले क्लव स्तरमा खेल्ने सबै प्रतियोगिताको उपाधि जिन सफल भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);