पीपीएल : पोखराद्वारा धनगढीलाई १४५ रनको लक्ष्य | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

पीपीएल : पोखराद्वारा धनगढीलाई १४५ रनको लक्ष्य

pokharavsdhangadhi

पोखरा, १६ कात्तिक । पोखरा प्रिमियर लिग अन्तर्गत आजको पहिलो खेलमा घरेलु टिम पोखरा पल्टनले धनगढी ब्लुजलाई एक सय ४५ रनको लक्ष्य दिएको छ ।

पोखरा क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टिमले २० ओभरमा ८ विकेट गुमाउदा एक सय ४४ सुरुवात देखि नै दबावमा रह्यो । प्रतियोगिता कै कमजोर सुरुवात गरेको पोखराले चार रनमा पहिलो विकेट गुमायो । त्यसपछि दोस्रो विकेटका लागि आशिफ शेख र रवीइन्दर सिंहको साझेदारी पनि धेरै लामो समय टिक्न सके ।

यी दुई खेलाडीले ४० रनको साझेदारी गरीरहेका बेला रवी २८ रनमा आउट भएपछि पोखराले ४८ रनमा दोस्रो विकेट गुमायो । त्यसपछि महबुब आलम खाता खोल्न नपाउँदै आउट भए भने आशिफ २३ रनमा पेभेलियन फर्किए । जसका कारण पोखराले ६५ रनमा चार विकेट गुमायो । एकपछि अर्को विकेट गुमाएको पोखराका लागि रोहित पौडेलले सर्वाधिक ३१ रन बनाए ।

यस्तै कप्तान शरद भेषवाकरले १४ तथा मोहम्मद नाभिदले ११ रन र रासिद खानले १५ रन बनाए । उसका पुछारका खेलाडी एकपछि अर्को रुपमा आउट भए । बलिङ तर्फ धनगढीका कमलसिंह ऐरीले चार तथा पिटर ट्रेगो, डेनीयल लरेन्स र रविन क्षेत्रीले एक एक विकेट लिए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);