क्लब फुटबलमा विश्वको सबैभन्दा भव्य प्रतिस्पर्धा एल क्लासिकोमा गएराती भएको खेलमा वार्सिलोनाको जित | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

क्लब फुटबलमा विश्वको सबैभन्दा भव्य प्रतिस्पर्धा एल क्लासिकोमा गएराती भएको खेलमा वार्सिलोनाको जित

काठमाडौं, १२ कात्तिक । क्लब फुटबलमा विश्वको सबैभन्दा भव्य प्रतिस्पर्धा एल क्लासिकोमा आइतवार राती भएको खेलमा बार्सिलोनाले बाजी मारेको छ 

स्पेनिस ला लिगा फुटबल अन्तर्गत यो सिजनको पहिलो एल क्लासिकोमा स्टार स्ट्राइकर लियोनल मेस्सी अर्थात नियमित कप्तान बिना घरेलु मैदान क्याम्प नाउमा भएको खेलमा बार्सिलोनाले रियल मड्रिडमाथि ५–१ को शानदार र प्रभावशाली जित दर्ता गरेको हो ।

क्याम्प नाउमा रियल मड्रिड निकै निरिह देखियो । एल क्लासिकोमा लिइस स्वारेजले ह्याट्रिक गरे भने फिलिप कोन्टिन्हो र अटुरो भिडालले एक एक गोल गरे । रियल मड्रिडलाई गोल बिहीन हुनबाट मार्सेलोले जोगाए । झण्डै ११ वर्षमा अहिलेको समयका दुई सर्वोत्कृष्ट खेलाडी क्रिष्टियानो रोनाल्डो र लियोनल मेस्सी बिनाको पहिलो एल क्लासिकोमा बाजी बार्सिलोनाले मारेको हो ।

चोटका कारण मैदान बाहिर रहेका मेस्सीको अनुपस्थिति वार्सिलोनाले खड्किन दिएन । यहि सिजन रियल मड्रिडको जिम्मेवारी सम्हाल्ने निर्णयका लागि हतारो गर्दा विश्वकपको मुखैमा स्पेनबाट बर्खास्त भएका प्रशिक्षक जुलियन लोपेतेगी फेरि बर्खास्त हुने अवस्थामा पुगेका छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);