आईपीएलमा चेन्नेई सुपर किंग्सविरुद्ध दिल्ली क्यापिटल्सको सहज | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

आईपीएलमा चेन्नेई सुपर किंग्सविरुद्ध दिल्ली क्यापिटल्सको सहज

एजेन्सी, २९ चैत । इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा दिल्ली क्यापिटल्सले चेन्नेई सुपर किंग्समाथि जित निकालेको छ ।

शनिबार राति भएको खेलमा दिल्लीले चेन्नेईलाई ७ विकेटले पराजित गरेको हो ।

१ सय ८९ रनको लक्ष्य दिल्लीले ८ बल बाँकी छँदै मात्र ३ विकेट गुमाएर पुरा गर्यो । शिखर धवनको ८५ रनको ईनिङ्समा अर्का ओपनर पृथ्वी शाले ७२ रनको योगदान गरे । ऋषभ पन्त १५ रनमा अविजित रहदा मार्कुस स्टोनिसले १४ रनको योगदान दिए । चेन्नेईका सार्दुल ठाकुरले २ तथा डायन ब्राभोले एक विकेट लिए ।

यसअघि, पहिले ब्याटिङ्ग गरेको चेन्नेईले निर्धारित ओभरमा ७ विकेट गुमाएर १ सय ८८ रन बनाएको थियो । रैनाको अर्धशतकिय इनिङ्समा साम कुरानले ३४, मोइन अलीले ३६, आम्बाती रायडुले २३ र रविन्द्र जडेजाले २६ रन बनाए । दिल्लीका क्रिस वाक्स र अभेष खानले समान २ र रविचन्द्रन आश्विन र टोम कुरानले समान एक विकेट लिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);