इपीएल क्रिकेट : ललितपुरद्वारा भैरहवा ग्लाडियटर्स ६ विकेटले पराजित | ईमाउण्टेन समाचार

Our Network

जेठ ११ २०८३, मंगलबार

इपीएल क्रिकेट : ललितपुरद्वारा भैरहवा ग्लाडियटर्स ६ विकेटले पराजित

epl-768x366

काठमाडौं, १ पुस । ललितपुर प्याट्रियट्स एभरेष्ट प्रिमियर लिगको क्वालिफायर्समा पुगेको छ । आइतवार भएको खेलमा ललितपुरले भैरहवा ग्लाडियटर्सलाई ६ विकेटले हराउदै क्वालिफायर्सको यात्रा पक्का गरेको हो ।

कीर्तिपुर स्थित त्रिभुवन बिश्वबिद्यालयको क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको भैरहवा १९ ओभरमा मात्र ९२ रन बनाउँदै अलआउट भयो । जवाफमा ललितपुरले १४ ओभर २ बलमा चार विकेट गुमाउदै लक्ष्य पुरा गर्यो ।