पोखरामा मंगलवारबाट १२ औं खेलकुद प्रतियोगिता | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

पोखरामा मंगलवारबाट १२ औं खेलकुद प्रतियोगिता

पोखरा, १ पुस । कास्कीको पोखरामा मंगलवारबाट १२ औं खेलकुद प्रतियोगिता आयोजना हुने भएको छ । राष्ट्रिय निजि तथा आवासीय विद्यालय एशोसियसन नेपाल र कास्की एनप्याब्सनको आयोजनामा खेलकुद प्रतियोगिता हुन लागेको हो ।

‘एनप्याब्सन कास्कीको संकल्प, खेलकुद शिक्षाको अभिन्न अंग’ भन्ने मुल नाराका साथ शुरु हुन लागेको प्रतियोगितामा फुटबल, भलिबल, टेबुलटेनिस, ह्याण्डबल, बास्केटबल तथा एथलेटिक्स प्रतियोगिता जुनियर र सिनियर तहमा सञ्चालित हुने आयोजकले जनाएको छ ।

यस प्रतियोगितामा ४५ विद्यालयका करिव ८ हजार विद्यार्थीहरुको सहभागिता रहने आयोजकले जनाएको छ । विद्यार्थीहरुको अतिरिक्त क्रियाकलापलाई प्रस्फुटन गराउन उद्देस्यले खेलकुद प्रतियोगिता आयोजना गर्न लागिएको नेशलन प्याव्सनका अध्यक्ष रितुराज सापकोटाको भनाई थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);