काठमाडौं ।
संसद–इजलास र समाचार कक्षको स्वतन्त्रताको सम्मान गर्न माग गर्दै सञ्चारकर्मीहरुले विरोध प्रदर्शन गरेका छन् । शनिवार काठमाडौंको माईतीघर मण्डलामा नेपाल पत्रकार महासंघको आयोजनामा सञ्चारकर्मीहरुले विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले वि वान्ट डेमोक्रेसी एण्ड प्रेस फ्रिडम, लोकतन्त्र पुनःबहाली, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता जिन्दावाद, प्रेसमाथिको दमन बन्द गर, प्रहरी दादागिरी मुर्दावाद, पत्रकारमाथिको धरपकड बन्द गर लगायतका प्लेकार्ड बोकेर नाराबाजी गरी सरकारको विरोध जनाएका हुन् । विरोध कार्यक्रममा बोल्दै शुक्रवार पक्राउ परी छुटेका पत्रकार नवराज मैनालीले सम्पादकीय कक्षमै पत्रकारलाई पक्राउ गर्नु दुःखद् भएको बताउनु भयो । बिना औपचारिका पोशाक र बिना पक्राउ पूर्जी पक्राउ गरिएको उहाँको आरोप छ सञ्चारमाध्यममाथि राज्यले आक्रमण शुरु गरेको भन्दै यो प्रेस स्वतन्त्रतामाथिको हनन भएको जिकिर गर्नुभयो । अर्का पत्रकार रामप्रसाद दाहालले राज्यले सञ्चार कक्षमै गएर पक्राउ गर्नेकुरा राज्यबाटै सिर्जित अपराध भएको दाबी गर्नुभयो । सरकार होसमा फर्किएर प्रेस स्वतन्त्रताको रक्षा गर्न उहाँले माग गर्नुभयो । कानूनको परिधिभित्र सरकार नफर्किए थप कलंकित हुने र यस्ता कामले सरकारको पतन निश्चित रहेको चेतावनी दिनुभयो ।
सञ्चारमाध्यमले सरकारको यो कामलाई त्यत्तिकै नछोड्ने चेतावनी दिँदै उहाँले सांकेतिक रुपमा मात्रै प्रदर्शन गर्न आएको बताउनु भयो । अर्का पत्रकार शोभराज बरालले अनौपचारिक पोशाकमा सञ्चार कक्षमा पुगेका प्रहरीले कालो चिया पिउन भन्दै प्रहरीले केरकार गरेको बताउनु भयो । उहाँले साइबर ब्युरोमा लगेसँगै माथिको निर्देशन र प्रधानमन्त्री कार्यालयको निर्देशनमा समातिएको र प्रहरीले आदेश मात्रै पालना गरेको बताउनु भयो । पक्राउ गरिएका पत्रकारहरुलाई शुक्रवार राति साढे ८ बजे छोडिएको उनीहरुले बताएका छन् । समाचार लेखिएकै भरमा पत्रकार पक्राउ गर्नु र त्रास पैmल्याउनुले सरकार तानाशाही बनिरहेको आरोप आम नागरिकले लगाउन थालेका छन् । सरकारले यस्तै गतिविधि गरिरहे सरकारको पतन निश्चित रहेको आन्दोलनमा सहभागी पत्रकारहरुको भनाइ छ ।
This website uses cookies.