प्रदेश सभा निर्वाचनतर्फको ३३० मध्ये १५८ स्थानमा महिलाको उम्मेदवारी सून्य | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

प्रदेश सभा निर्वाचनतर्फको ३३० मध्ये १५८ स्थानमा महिलाको उम्मेदवारी सून्य

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रदेश सभा निर्वाचनमा महिला उम्मेदवारको उपस्थिती निराशाजनक रहेको पाइएको छ । निर्वाचन आयोगका अनुसार सात प्रदेशमा ३३० सीटको लागिको हुने निर्वाचनमा ३ हजार २२३ जनाको उम्मेदवारी परेको छ । उम्मेदवारी दिनेमध्ये २ हजार ९४३ जना पुरुष छन् भने २८० जना महिला ।

परेको कुल उम्मेदवारीमध्ये महिलाको संख्या मात्र ८.६८ प्रतिशत रहेको छ । आयोगले सार्वजनिक गरेको तथ्याङ्क अनुसार प्रदेश सभाका ३३० सीटमध्ये १५८ वटामा एक जना महिलाको पनि उम्मेदवारी परेको छैन । अर्थात करिव आधा सीटमा एक जना पनि महिला प्रतिस्पर्धामा उत्रिएका छैनन् । कुलकाे ४७.८७ प्रतिशत सीटमा महिला उम्मेदवारी सून्य रहेकाे छ ।

प्रदेश सभाका कुल सीटमध्ये १०८ वटामा मात्र एक–एक जना महिलाले उम्मेदवारी दिएका छन् । ३९ वटा सीटमा महिला उम्मेदवारको संख्या दुई–दुई जना रहेको छ ।

यस्तै, प्रदेश सभाको १३ सीटमा महिला उम्मेदवारको संख्या तीन–तीन जना रहेको छ । पाँच सीटमा महिला उम्मेदवारको संख्या चार–चार जना रहेको छ भने सात सीटमा महिला उम्मेदवार पाँच–पाँच जना रहेका छन् ।

प्रदेश सभातर्फ प्रदेश नं.१ मा ५२, मधेश प्रदेशमा ७४, बागमती प्रदेशमा ८०, गण्डकी प्रदेशमा २९, लुम्बिनी प्रदेशमा २९, कर्णाली प्रदेशमा ३ र सुदूरपश्चिम प्रदेशमा १३ जना महिलाले उम्मेदवारी दिएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);