पूर्व एमाले नेता प्रभु साहसँग कुँनै किसिमको सम्बन्ध छैन : ज्वाला साह | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

पूर्व एमाले नेता प्रभु साहसँग कुँनै किसिमको सम्बन्ध छैन : ज्वाला साह

बारा ।  पूर्व कृषि मन्त्री एवंम् बारा क्षेत्र नं.३ प्रतिनिधिसभा सदस्य उमेदवार ज्वाला कुमारी साहले पूर्व एमाले नेता प्रभु साहसँग कुँनै किसिमको सम्बन्ध नगरहेको बताएकी छन् । बाराकाे जीतपुरसिमरा उपमहानगरपालिका स्थित बडहर्वामा प्रेस चौतारी बाराले आयोजना गरेको जिल्ला भेलालाई सम्बोधन गर्दै उमेदवार साहले प्रभुसँग कुँनै किसिमको सम्बन्ध रहेको वा उनीसँग नजिक रहेको कुरामा सत्यता नरहेको बताएकी हुँन् ।

उनले भनिन् “हिजो माओवादीमा हुँदा पनि मलाई प्रचण्डले मायाँ गरेकै व्यक्ती थिएँ । आज पनि एमाले अध्यक्षले मायाँ र विश्वास गर्नु भएको छ । मलाई प्रभु साहको जरुरी कहिल्यै परेन । पर्ला जस्तो पनि लाग्दैन । ” उनले थपिन् । आँफुलाई प्रभु साहसँग जोडेर भएको प्रचारलाई उनले बजारी हल्ला र प्रतिपक्षको आत्मारती भएको बताएकी छन् । “मैंले पनि कँहीकँही सुन्दै आएको छु । ज्वाला साहले पनि कतै भोली प्रभु साहले जस्तै एमालेलाई धोका दिन्नन् भनेर भैरहेको हल्ला सुनेकाे उनले बताईन् । प्रभु जीसँग जोडेर हल्ला भईरहेकाे छ । यो सब , प्रतिपक्षले चलाएको बजारी हल्ला भएको उनले बताईन् । यस्ता कुरामा कुँनै सत्यता नरहेको उनले प्रस्ट्याईन् । तपाईहरुका माध्यमबाट तमाम जनमासमा विस्वस्त रहँन आग्रह गर्दछु ।” उनले भनिन् ।

उनले माओवादी आन्दोलन महिलाहरु कै कारण उच्चाईमा पुगेको र प्रचण्डले आजको हाईट पाएको बताईन् । हिजो जनयुद्धमा ५० प्रतिशत महिलाहरुको सहभागिता थियो । त्यो सहभागितामा मँ जस्तै हजारौं महिला सहभागि थिए । आखिर अहिले हेर्नुस त । हिजो जनयुद्धमा लागेका ती हजारौं महिलाहरुको अवस्था के छ ? उनले प्रश्न गरिन् । माओवादी परिवार वादमा फँसेको र प्रचण्डले बाटो विराउँदा माओवादी पतनको बाटो लागेको उनले बताईन् । माओवादी र प्रचण्ड परिवार वादमा फँस्नु भयो । जुनकुराले हामीलाई त्यहाँ बस्नै सक्ने अवस्था रहेन र हामी धेरैले एमाले रोजेका हौं । उनले भनिन् । अध्यक्ष ओलीको राष्ट्रवादी अडान, विचार अनी जनहितको कार्यशैली कै कारण आँफुले एमाले रोजेकाे बताईन् ।

ताकि प्रभु साहले जस्तो स्वार्थ र पदलोलुपताका लागि पार्टी बदलिएको हैन । माओवादीमा पनि प्रभु जी मँ भन्दा पछि नैं सहभागि हुँनु भएको हो । पार्टी राजनितिमा मँ भन्दा कान्छो हुँनुहुँन्छ । समस्या त त्यो होनी वहाँ पुरुष भएकैले धेरै अवसरका कारण बढी चर्चामा आउँनु भयो । पूरुष प्रधान मुलुकमा महिलाई गारो छनी उनले भनिन् । तर, पनि ती गारोहरुलाई ज्वाला आफैंले पार गरेकी हुँन् । प्रभु साहको एकईन्च योगदान छैन । एमालेले आँफुलाई मधेश प्रदेशको अध्यक्ष बनाउँदा समेत मलाई किन अध्यक्ष बनाएको भन्दै अध्यक्ष ओलीसँग रिसाउँनु भयो । महिलाबाट मधेशमा एमाले चल्दैन सत्याउँन् । मलाई बनाउँनुस् भनेर अध्यक्षलाई धम्काउँनु मात्रै भएन धेरै ठाउँमा बोल्नु भो, उनले भनिन् । हो त्यही बेलाबाट प्रभु जिसँगको सम्बन्ध आँफु सित नरहेकाे उनले बताईन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);