प्रभु साहले गठबन्धनका नेतासँग षडयन्त्रपूर्ण साँठगाँठ गरे : एमाले महासचिव पोखरेल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

प्रभु साहले गठबन्धनका नेतासँग षडयन्त्रपूर्ण साँठगाँठ गरे : एमाले महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रभु साहले गठबन्धनका नेता संग ष्ड्यन्त्रपूर्ण साँठगाँठ गरेर षड्यन्त्र गरेको आरोप लगाएका छन् । बुधबार सामाजिक सञ्जालमा एक एक पोष्ट गर्दै महासचिव पोखरेलले साहले पार्टीलाई धोका दिएर स्वतन्त्र उम्मेदवारी दिएको बताएका हुन् ।

मधेस प्रदेशमा जसपासँग तालमेल गर्ने सम्झौता बैठकमा सहभागी भए पनि साहले अन्तिम समयमा धोका दिएको महासचिव पोखरेलको भनाइ छ । साथै साहले गठबन्धनका नेतासँगको षड्यन्त्रपूर्ण साँठगाँठ गरेको पनि पोखरेलले बताएका छन् ।

पोखरेलले लेखेका छन्, ुप्रभु साह जसपासँगको तालमेलको सम्झौता बैठकमा सहभागी हुनु भो । उक्त सहमतिपश्चात मधेस प्रदेशमा उम्मेदवार टुंगो लगाउने छलफलमा बस्नु भो । निर्णयभएर अनुसार रौतहटको टिकट पनि लिएर जानु भो । तर पार्टीलाई धोका दिएर अन्तिम समयमा आफूले स्वतन्त्र उम्मेदवारी दिनु भो र अन्य क्षेत्रका उम्मेदवारको टिकटसमेत नदिकन समय गुजार्ने षडयन्त्र गर्नु भो । राजनीतिमा यस प्रकारको षडयन्त्रलाई असहमतिको जामा लगाउनुको कुनै अर्थ छैन । यस प्रकारको छलछाम गठबन्धनका नेतासँगको षडयन्त्रपूर्ण साँठगाँठ नै हो । रौतहटका जनताले यस षडयन्त्रलाई राम्ररी नै बुझेका छन् । मधेस प्रदेशमा नेकपा एमाले र जसपाबीचमा भएको सहकार्य र तालमेललाई पूर्ण रूपमा सफल बनाऔँ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);