एमाले परित्याग गरेका मानन्धर र साह एकजुट हुँदै | ईमाउण्टेन समाचार

Our Network

भदौ १६ २०८१, आइतबार

एमाले परित्याग गरेका मानन्धर र साह एकजुट हुँदै

काठमाडौं । पूर्व मन्त्री रामवीर मानन्धरले प्रभु साहको नेतृत्वमा रहेको आम जनता पार्टीलाई साथ दिने भएका छन् ।  नेकपा एमालेका पुर्व नेता मानन्धर र साहबीच आज माछापोखरीस्थित मानन्धर निवासमा भेटघाट भएको हो ।

कुनै समय एकै पार्टीमा रही लामो समयसम्म काम गर्दै आएका द्धय नेताबीच आजको भेटमा मिलेर पार्टी खोल्ने र संगठित रुपमा पार्टीलाई अगाडी बढाउनेबारे छलफल भएको स्रोतले जनाएको छ ।  २०७७ सालमा प्रभु साह शहरी विकास मन्त्री हुँदा मानन्धर राज्यमन्त्री थिए ।

काठमाडौं–७ बाट दुईपटकसम्म निर्वाचित भएका मानन्धर यसपटकको चुनावमा भने  सोही क्षेत्रबाट पराजित भए  ।  मानन्धरले एमालेले टिकट नदिएपछि पार्टी परित्याग गरी स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

त्यस्तै, गत मंसिर ४ गते सम्पन्न भएको निर्वाचनमा साहले एमालेबाट चुनावको टिकट लिएर रौतहटबाट स्वतन्त्र उम्मेदवारी दिएर चुनाव जितेका थिए । केही दिन अगाडी साहले नयाँ पार्टी स्थापना गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);