९ सय पिस अवैध लागूऔषध सहित १ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

९ सय पिस अवैध लागूऔषध सहित १ जना पक्राउ

अनिल पाण्डेय

पर्सा, १९ माघ । विशेष सूचनाको आधारमा हिजो दिउँसो बाराको प्रहरी चौकी बरियारपुरबाट खटिएको प्रहरी टोलीले लागु औषध सहित एक जना मानिसलाई प्रकाउ गरेको छ।

जिल्ला बारा महागढीमाई नगरपालिका वडा नं।२ स्थित हुलाकी राजमार्गमा चेकजाँचको क्रममा भारतीय बिआर ०५ भी ७८०४ नम्बरको मोटरसाइकल चलाई आएका जिल्ला बारा महागढीमाई नगरपालिका वडा नं ६ धर्मपुर टोल बस्ने भोला कुमार यादवलाई शंकास्पद अवस्थामा फेला पारी निजको शरीर समेतको तलासी गर्ने क्रममा निजले पिठ्युमा बोकेको कालो झोलाभित्र लुकाई छिपाई राखेको अवस्थामा अवैध लागू औषध डाइजेपाम-३०० पिस, फेनारगन-३०० पिस र नुफिन-३०० पिस फेला पारी पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

लागू औषध मुद्दामा निजलाई सम्मानित बारा जिल्ला अदालतबाट दिन ७ को म्याद अनुमति लिई हिरासतमा राखी थप अनुसन्धान कार्य भइरहेको जानकारी जिल्ला प्रहरी प्रबक्ता गौतम मिश्रले दिएका छन।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);