लागूऔषध सहिँत बाराको कलैयामा दुई जना तस्कर पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

लागूऔषध सहिँत बाराको कलैयामा दुई जना तस्कर पक्राउ

श्याम गुप्ता,
बारा । बारा प्रहरीले प्रतिबन्धित लागूऔषध सहिँत दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा जिल्लाको कलैया उपमहानगरपालिका वडा नं.१ भवानीपुर निवासी ४२ वर्षीय निर्वान मियाँ र वडा नं.६ मदर्शा टोल बस्ने ४० वर्षीय ओसी अहमद रहेका छन् । प्रहरीले उनीहरुलाई कलैया वडा नं.१० मटिअर्वा पुरानो चौकी स्थित सडक खण्डमा भारतबाट नेपाल तर्फ आइरहेको अवस्थामा पक्राउ गरेको हो ।

मटिअर्वा चोकमा खटेको प्रहरी टोलीले मियाँ र अहमद सवार ना.८ प ७७५५ नं.को मोटरसाइकललाई रोकेर चेकजाँच गर्दा एउटा प्लाष्टिकको झोला भित्र माथीबाट प्याज, मसुरोको दाल र चिनी राखेर तल तीर पत्रिकामा बेरेर कार्टुन टेपले बेरेर बनाईएको पोका भित्र लुकाई छिपाई राखेको लागूऔषध बरामद भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । प्रहरीले उनीहरुको साथबाट फेनार्गन ४०० पिस, डाइजिपाम ४०० पिस र नुर्फिन ४०० पिस गरी कुल १२ सय पिट लागूऔषध बरामद गरेको जिल्लाका प्रहरी प्रवक्ता एवंम् प्रहरी नायाव उपरिक्षक राजेश थापाले जानाकारी दिए । थापाका अनुसार पक्राउ परेकाका उनीहरु विरुद्ध लागूऔषध मुद्दा दायर गरेर बाराजिल्ला अदालतबाट पाँच दिनको म्याद अनुमती लिई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);