लागुऔषधसहित दुई युवक पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

लागुऔषधसहित दुई युवक पक्राउ

बारा । बारा प्रहरीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।  उनीहरूलाई एक हजार २०० पिस अवैध लागुऔषध इन्जेक्सन (फेनार्गन ४०० पिस, डाइजिपाम ४०० पिस र नुर्फिन ४०० पिस)सहित दुई जना पक्राउ गरेको  प्रहरीले जनाएकाे छ।पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका- १ भवानीपुर बस्ने वर्ष ४२ को निर्वान मियाँ र वडा नम्बर ६ मदर्शा टोल बस्ने वर्ष ४० को ओसी अहमद रहेका छन् ।

कलैया उपमहानगरपालिका- १० मटिअर्वामा रहेको पुरानो चौकीस्थित सडकमा भारतबाट नेपाल तर्फ आउँदै गरेको ना.८ प ७७५५ नम्बरको मोटरसाइकलमा चेकजाच गर्ने क्रममा लुकाइराखेको लागूऔषधसहित उनीहरूलाई पक्राउ गरिएकाे प्रहरीकाे दाबी छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);