निजगढ भ्यू टावर पहिरोको उच्च जोखिममा (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

निजगढ भ्यू टावर पहिरोको उच्च जोखिममा (भिडियोसहित)

बारा । बाराको निजगढ नगरपालिका वडा नं. ४ बागदेव स्थित निजगढ भ्यू टावर पहिरोको उच्च जोखिममा परेको छ । नगरपालिकाको १० लाख लागतमा अन्य निर्माण कार्यसंगै पहिरो रोकथामका लागि लगाईएको पर्खाल भत्किएको छ । प्राविधिक र निर्माण समितिको मिलेमत्तोका कारण हतारमा काम सक्ने र असारे भुक्तानी लिने बहानामा क्षति पुगेको देखिन्छ ।

लगाइएको पर्खाल सेट नहुँदै चुरेको डाँडो काटेर हालिएको माटोको भार देख्न नसक्दा पर्खाल भक्तिएको छ । गत वर्ष पनि यसरी नै पहिरो रोकथामका लागि निर्माण गरिएको पर्खाल भत्किएको थियो । सामान्य निर्माण सुरक्षाको मापदण्ड समेत पुरा गरेको देखिदैन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);