नारायणी नदीबाट बालुवा दोहन गर्ने क्रम रोकिएन | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

नारायणी नदीबाट बालुवा दोहन गर्ने क्रम रोकिएन

मोहम्मद ईजहार शेष

नवलपरासी, १० चैत । स्थानीय तहले जिल्लाका खहरे खोलाबाट गिट्टीबालुवा संकलनमा कडाइ गरे पनि नारायणी नदीबाट बालुवा दोहन गर्ने क्रम रोकिएको छैन । मादण्ड विपरीत उत्खनन गरेर निर्माण सामग्री भारततिर तस्करी भइरहँदा स्थानीय प्रशासन मौन छ ।

अहिले नवलपरासीको सुस्ता गाउँपालिका वडा नम्बर ३, ४ र ५ मा ठोकरहरु निर्माण भइरहेको छ । नारायणी नदीको कटानले भत्काएका विभिन्न ९ वटा ठोकर मर्मतका लागि भन्दै भारतीय ठेकेदारहरुले अवैध रुपमा नारायणी नदीबाट निर्माण सामाग्री भारततिर लगेका हुन् ।

ठेक्का सम्झौतामा बाहिरी खोलाहरुबाट निर्माण सामाग्री निकालेर प्रयोग गर्नुपर्ने उल्लेख छ । त्यसो त, नेपाल र भारत सरकारबीच पनि नारायणी नदीबाट दुबै पक्षले नदीजन्य पदार्थ झिक्न नपाउने गरी सम्झौता भएको छ । तर पनि भारतीय ठेकेदारहरुले नारायणी नदीबाटै नदीजन्य सामाग्री झिकिरहेका छन् ।

यसरी ठेकेदारले खुलामखुल्ला नदीजन्य सामाग्रीको दोहन गरेपनि स्थानीय प्रशासन मुकदर्शक बनेको छ । गाउँपालिकाले भने नदीजन्य सामाग्री दोहन भएको पाइए कार्बाही र जरिवाना गराउने बताएको छ ।

गण्डक नदीका ठोकर भारतीय ठेकेकदारहरुका लागि कमाइ खाने भाँडो बनेको छ । ठोकर मर्मतको बहानामा जनप्रतिनिधिलाई झुक्याएर रातको समयमा निर्माण सामग्री भारत निकासी हुँदै आएको स्थानीयले बताएका छन् ।  नेपालभन्दा दोब्बरमा बिक्री हुने भएकाले दैनिक लाखाैँ रुपैयाँको नदीजन्य पदार्थ भारत जाने गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);