त्रिशुली नदी किनारमा अबैध रुपमा सञ्चालित क्रसर बन्द | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३ २०८३, शुक्रबार

त्रिशुली नदी किनारमा अबैध रुपमा सञ्चालित क्रसर बन्द

धादिङ, १० चैत । धेरै वर्षको कसरतपछि त्रिशुली नदीले मुहार फेरेको छ । वर्षौदेखी धमिलो बनेर बगेको त्रिशुलीले स्थानीयको सक्रियतामा सफा र कञ्चन रुप पाएको हो ।

नदी किनारामा अव्यवस्थित रुपमा अवैध क्रसर र बालुवा धुने कारखाना बनेपछि वर्षैभरि त्रिशुली धमिलो बग्ने गथ्र्यो । यसरी नदीमा प्रदुषण बढेपछि स्थानीयले केही वर्षअघि त्रिशुलीलाई सफा बनाउने अभियान सुरु गरे ।

त्यसमा स्थानीय प्रशासनले पनि साथ दियो । अभियानका क्रममा नदी किनारमा अबैध रुपमा संचालित क्रसर र बालुवा प्रशोधन केन्द्र बन्द गरियो । यसरी वर्षौँदेखि धमिलो बनेर बगिरहेको त्रशुली नदी संङ्लिएको हो ।

त्रिशुली नदी र्‍याफ्टिङका लागि आन्तरिक तथा बाह्य पर्यटकको मुख्य आकर्षण मानिन्छ । तर, प्रदुषणका कारण पर्यटकको आगमन नै घटेको थियो । वर्षौको प्रयासले पर्यटकीय तथा धार्मिक महत्व बोकेको त्रिशुली संङ्लिएपछि पर्यटकको संख्या पनि बढ्न थालेको छ ।

त्रिशुली हाँसेको देख्न पाउँदा स्थानीयमा असीमित खुसी छाएको छ । केही दिन अघिसम्म छुन पनि घिनाउने मानिसहरु अहिले त्रिशुलीमा पौडी खेल्न थालेका छन् ।