घोराहीदेखि रोल्पाको होलेरीसम्मको ३२ किमि सडक निर्माणमा ढिलासुस्ती | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

घोराहीदेखि रोल्पाको होलेरीसम्मको ३२ किमि सडक निर्माणमा ढिलासुस्ती

एलबी मगर
रोल्पा, १० चैत । शहीदमार्ग सडकअन्तर्गत दाङको घोराहीदेखि रोल्पाको होलेरीसम्मको करिब ३२ किलोमिटर सडक निर्माणमा ढिलासुस्ती भएको छ । भारतीय एक्जीम बैंक अफ इन्डियाको सहयोगमा कालोपत्रे सुरु भएको तीन वर्ष भइसक्दा पनि निर्माण कार्य अझै सकिएको छैन ।

२०७१ साल जेठमा सील/प्यासीफीक जेभी कम्पनीले भ्याटसहित ४० करोड रुपैयाँमा उक्त सडक निर्माण कार्यको जिम्मा लिएको थियो । तोकिएको समयमा निर्माण नसकिएपछि पटक–पटक म्याद थप गरियो ।

तर अहिलेसम्म १२ किलोमिटर सडक मात्रै कालोपत्रे गरिएको छ । अब २०७५ साल जेठसम्म बाँकी २० किलोमिटर सडक कालोपत्रे गर्ने गरी पुनः सम्झौता भएको छ । यता स्थानीयले भने निर्माण व्यवसायीले नियतबस ढिलाइ गरिरहेको भन्दै विरोध जनाएका छन् ।

योजनाले भने २०७२ सालमा गएको भूकम्पले निर्माण सामाग्री, इन्धन अभाव हुनु र निर्माण व्यवसायीको ढिला सुस्तीका कारण समयमा काम सम्पन्न हुन नसकेको बताउँदै आएको छ ।

विकास निर्माणको काममा भइरहेको ढिलाईमा सम्बन्धित निकाय चनाखो बनेको देखिँदैन । त्यसैले पनि बाहाना बाजीमा सडक कालोपत्रेको काम वर्षदिन पर सर्नुलाई उनीहरुले खासै ठूलो मानेका छैनन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);