नवलपरासीमा नदिजन्य पदार्थको उत्खनन् बढ्दै | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

नवलपरासीमा नदिजन्य पदार्थको उत्खनन् बढ्दै

नवलपरासी, ९ फागुन । नवलपरासीको नारायणी नदीबाट नदिजन्य पदार्थको उत्खनन् बढेको छ । प्रशासनकै मिलोमतोमा नदीजन्य पदार्थको उत्खनन् गरेर भारत निकासी हुने गरेको पाइएको छ ।
नेपाल भारतबीच नारायणी नदबाट नदीजन्य पदार्थ झिक्न नमिल्ने सम्झौता भएको छ  तर तस्करहरुले प्रशासनकै मिलोमतोमा नदीजन्य पदार्थको उत्खनन् गरिरहेको स्थानीयको गुनासो छ । तस्करहरुले नदीबाट ढुङ्गा, गिट्टी, बालुवा टयाक्टरबाट सुस्ता गाउँपालिकाको पक्लिहवा, कुडिया, नर्सही लगायतका स्थानमा डम्पिङ गर्ने गरेका छन् ।
स्थानीयले प्रहरीलाई खबर गरेपनि तस्कारलाई कारबाही नगरेको स्थानीय र जनप्रतिनिधि बताउछन् । डम्पिङ गरेर राखिएका नदीजन्य पदार्थहरु दैनिक ५० देखि ७० ट्याक्टर भारत पठाउने गरिएको छ । नदीजन्य पदार्थको उत्खनन् रोक्न स्थानीयले माग गरेका छन् ।
(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);