नुवाकोटमा हुलाक सेवा प्रभावहीन | ईमाउण्टेन समाचार

Our Network

असार २५ २०८३, शुक्रबार

नुवाकोटमा हुलाक सेवा प्रभावहीन

नुवाकोट, ९ फागुन । नुवाकोटमा हुलाक सेवा प्रभावहीन भएको छ । टेलिफोन मोबाइल र सामाजिक संजालको प्रयोग बढेपछि हुलाक सेवा प्रभावहीन भएको हो । हुलाकमार्फत चिठीपत्र आदानप्रदान गर्ने चलन भएपनि इन्टरनेट सेवाको विकास भएपछि हुलाक सेवा ओझेलमा परेको हो ।

हुलाक कार्यलयमा सरकारी कार्यालय, संघसंस्था तथा विद्यालय र एफएम रेडियोका चिठीहरु मात्र आउने गरेको छ । प्रमुख अधिकारीले हुलाक सेवालाई समय अनुकुल परिमार्जन गर्नुपर्ने बताउनुभयो ।