जनकपुर उपमहानगरपालिकाले पूर्वाधार निर्माणलाई उच्च प्राथमिकता दिने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

जनकपुर उपमहानगरपालिकाले पूर्वाधार निर्माणलाई उच्च प्राथमिकता दिने

जनकपुर, ९ फागुन । जनकपुर उपमहानगरपालिकाले पूर्वाधार निर्माणलाई उच्च प्राथमिकता दिने योजना पारित गरेको छ । उपमहानगरपालिकाको बुधबार बसेको प्रथम नगरसभाले नगर क्षेत्रको पूर्वाधार विकासलाई उच्च प्राथमिकता दिने योजना पारित गरेको हो ।

जनकपुरका मेयर लालकिशोर साहले चालू आर्थिक वर्षका लागि १ अर्ब ७४ करोड ५१ लाख ४० हजार रुपैँया बजेट प्रस्तुत गर्नु भएको थियो । बजेटले नगर क्षेत्रको पूर्वाधार विकासलाई विशेष जोड दिने मेयर साहले बताउनुभयो ।

त्यसैगरी फोहोरमैला व्यवस्थापन र ढल निर्माणको कामलाई पनि उपमहानगरले प्राथमिकता दिनेछ । मेयर साहले सामाजिक विकास, वातावरण संरक्षण र स्वच्छ पर्यटकीय नगरी आफूहरुको प्राथमकिता रहेको पनि स्पष्ट पारे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);