शिक्षाको पहुँच नपुगेको ग्रामीण क्षेत्रमा पाकिस्तानले सहयोग गर्ने | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

शिक्षाको पहुँच नपुगेको ग्रामीण क्षेत्रमा पाकिस्तानले सहयोग गर्ने

काठमाडौं,९ फागुन । पाकिस्तानले नेपालको ग्रामिण क्षेत्रको शिक्षाको विकासका लागि सहयोग गर्ने भएको छ । पाकिस्तान राजदुतावासले बुधबार गरेको विद्यालयस्तरीय निवन्ध तथा वक्तृत्वकला प्रतियोगिताका बिद्यार्थीलाई सम्मान गर्दै शिक्षा क्षेत्रमा सहयोग गर्ने बताएको हो ।

नेपालका लागि पाकिस्तानका राजदुत मंजहर जामेद्ले शिक्षाको पहुँच नपुगेको ग्रामीण क्षेत्रमा सहयोग गर्ने बताए । नेपाल पाकिस्तान फ्रेडन्डसिप एण्ड कल्चर एसोसियसनका अध्यक्ष हिमालय शम्शेर राणाले नेपाल पाकिस्तानको सम्बन्ध शिक्षा क्षेत्रबाट जोडिने बताए।

उनले दक्षिण एसियाको शैक्षिक क्षेत्रको विकासको लागि पाकिस्तान सरकारले महत्वपूर्ण योगदान पुर्याएकोमा प्रशंसा गरे । प्रतियोगितमा नेपालका १ हजार ५ सय बिद्यार्थीको सहभागिता थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);