१८ बर्षिय प्रकाशद्वारा हेलिकप्टर निर्माण | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

१८ बर्षिय प्रकाशद्वारा हेलिकप्टर निर्माण

पुष्कर भट्ट
कञ्चनपुर, ९ फागुन । दार्चुलाको होपरीका १८ बर्षिय प्रकाश महता हेलिकप्टर बनाएर यतिबेला चर्चामा छन् । महताले बनाएको हेलिकप्टर कञ्चनपुरमा चलिरहेको पर्यटन महोत्सवमा राखिएको छ । हेलिकप्टर हेर्नको लागि महोत्सवमा अवलोकनकर्ताको घुईचो लागेको छ ।

दार्चुलाको नौगाड गाउँपालिका– ४ होपरीका प्रकाश महताले हेलिकेप्टर बनाएर चर्चामा आएका हुन् । दार्चुलाको भैरबराज निम्न माध्यामिक विद्यालयबाट कक्षा १ र स्पिङ्ग फिल्ड एकेडेमीबाट कक्षा ७ उतिर्ण गरेपछि माध्यामिक तहको पढाइका लागि कञ्चनपुर आएका प्रकाशले कञ्चनपुरको बाल जागृती उच्च माध्यामिक विद्यालयबाट एसएलसी उर्तिण गरेका हुन् ।

अहिले हाईड्रो ईलेक्ट्रिकल एण्ड टेक्निकल कलेज धनगढीमा ईलेक्ट्रिकल ओभरसियर अध्यन गर्दै गरेका महताले ५ फिट लम्बाई, ३ फिट उचाईको आल्मुनियको हेलिकेप्टर बनाएका हुन् । विद्युतिय शक्तिबाट चल्ने हेलिकेप्टरमा ३ वटा इन्जिन जडान गरिएको छ । रिमोटबाट चल्ने हेलिकप्टर बनाउन उनले कलेजमा तिर्ने शुल्क जम्मा पारेर सामाग्री किनेका हुन् ।

कञ्चनपुरको महेन्द्रनगरमा चलिरहेको औद्योगिक व्यापार मेलामा उनले बनाएको हेलिकेप्टर प्रर्दशनमा राखिएको छ । महोत्सवको मुख्य आकर्षणको रुपमा रहेको हेलिकेप्टर हेर्नेको घुइचो लागेको छ । प्रकाशले बनाएको हेलिकप्टर सदुपयोग गर्न स्थानीयले जोड दिएका छन् ।

हेलिकप्टर बनाउन प्रकाशले झण्डै २ लाख, १७ हजार रुपैया खर्च गरेका छन् । इच्छा शक्ति हुने हो भने जस्तोसुकै कठिन काम पनि गर्न सकिन्छ भन्ने उदाहारण प्रकाशले दिएका छन् । विज्ञान र प्रविधिको युगमा प्रकाशको शिप र कलालालाई राज्यले सदुपयोग गर्न सक्नुपर्छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);