नहरबाट पति, पत्नी र ५ छोराछोरीको शव निकालियो, एकैपटक हाम फालेको आशंका | ईमाउण्टेन समाचार

Our Network

वैशाख २३ २०८१, आइतबार

नहरबाट पति, पत्नी र ५ छोराछोरीको शव निकालियो, एकैपटक हाम फालेको आशंका

एजेन्सी, १८ फागुन । भारतको राजस्थानको जालोर जिल्लाको साञ्चोरमा बुधबार दिउँसो २ः३० बजे श्रीमान श्रीमतीले ५ सन्तानसहित नर्मदा नहरमा हाम फालेका छन् । अहिले सबैको शव बाहिर निकालिएको छ । छ जनाको हात डोरीले बाँधिएको थियो । उनीहरुको शव साँझ ६ः३० बजे भेटिएको थियो । एक ९ वर्षीय बालकको शव बेलुका ४ बजे छुट्टै फेला परेको थियो ।

नहरबाट शंकरराम (३२), उनकी श्रीमती बदली (३०), छोरी रमिला (१२), छोरा प्रकाश (१०), छोरी केगी (८), छोरी जानकी (६) र छोरा हितेश (३) को शव निकालिएको छ । गलीपा निवासी भंवर सिंह राजपुतले हेल्पलाइन १०१ अभय कमाण्ड जालोरमा शंकरको श्रीमतीसँग झगडा भएको जानकारी दिए । उनी आक्रोशित हुँदै श्रीमती र छोराछोरीसहित घर छाडेर सिद्धेश्वर पुगे । बालबालिकामध्ये ३ छोरी र २ छोरा थिए । उनीहरु सबैको लुगा नर्मदा नहरको मुख्य नहर नजिकै फेला परेको थियो ।

साँचोरका सीओ रुप सिंह इन्डाले श्रीमान श्रीमतीबीच झगडा भएको बताए । त्यसपछि दुवै जना आफ्ना पाँच सन्तानसहित घर छाडेका थिए । नाम न छाप्ने सर्तमा दम्पतीका एक नजिकका साथीले उनीहरुबीच झगडा हुने गरेको बताए । सोमबार पनि झडप भएको थियो । त्यसपछि आफन्तले सम्झौता गराएका थिए । मंगलबार दम्पती छोराछोरीसहित घरबाट बेपत्ता भएका थिए ।

उनले नहरमा हाम फालेको ठाउँभन्दा दुई सय मिटर अगाडि सबैको शव फेला परेको थियो । प्रहरीले नहरबाहिर फेला परेको कपडासँगै मोबाइल पनि फेला पारेको छ । तर झगडाको कारण भने खुलेको छैन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);