टर्की–सिरियामा ४१ हजारभन्दा बढीको मृत्यु, एक महिलाको २०१ घण्टापछि उद्धार | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

टर्की–सिरियामा ४१ हजारभन्दा बढीको मृत्यु, एक महिलाको २०१ घण्टापछि उद्धार

एजेन्सी । टर्की र सिरियामा भूकम्प गएको १० दिन बितिसक्दा पनि मृत्यु हुनेको संख्या बढिरहेको छ । हालसम्म ४१ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । टर्कीका अधिकारीहरूले ३५ हजार ४ सय १८ र सिरियाली सरकारले ५८ सय भन्दा बढीको मृत्यु भएको पुष्टि गरेका छन्।  दुवै देशमा राहत र उद्धार कार्य जारी छ । विश्वभरबाट दुवै देशमा सहयोग पठाइँदैछ ।

यसैबीच टर्कीको विपद् व्यवस्थापन एजेन्सीले उद्धार कार्य पूरा गर्न १ लाखभन्दा बढी उद्धारकर्मी सहभागी हुने बताएको छ । यसमा विभिन्न प्रकारका ५ हजार ५ सय सवारी साधन प्रयोग गरिने छ । हालसम्म ९५ देशले टर्कीलाई सहयोगको प्रस्ताव गरेका छन् ।

टर्की र सिरियामा उद्धार कार्य जारी छ। भग्नावशेषमुनि रहेका मानिसहरुलाई अझै बाहिर निकाल्ने काम भइरहेको छ । अचम्मको कुरा के छ भने ८ देखि ९ दिन बितिसक्दा पनि कैयौं मानिस जिवितै भेटिएका छन् । टर्कीको हाते प्रान्तमा २६ वर्षीया महिलाको २०१ घण्टापछि उद्धार गरिएको छ । यहाँ, आदियामान नगरमा १८ वर्षीय युवकको १९९ घण्टापछि उद्धार गरिएको छ ।

सिरियाको सीमामा उद्धार कार्य छोडेर धेरै देश फर्किएका छन् । आइतबार इजरायलले सुरक्षा कारण देखाउँदै आफ्नो टोली हत्जाला समूहलाई आपतकालीन उडानबाट फिर्ता बोलाएको थियो। यसअघि जर्मनी र अस्ट्रियाले पनि टर्कीबाट उद्धारकर्ता फिर्ता लिएका थिए ।

इजरायल लगायत धेरै देशका गुप्तचर एजेन्सीहरूले टर्कीको सीमामा विभिन्न समूहहरूबीच हिंसात्मक झडप हुने जानकारी प्राप्त गरेका छन्। जसका कारण त्यहाँ पुगेका उद्धारकर्मीको ज्यान जोखिममा परेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);